Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको बनाउने समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको बनाउने समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत

विराटनगर २१ असोज
विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिस्तरको बनाउने गरी तीन तहका सरकारबीच भएको समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत गरेको छ । महानगर कमिटीले हिजो एक विज्ञप्ति जाथरी गर्दै पार्टी तथा प्रदेशवासीको माग अनुसार भएको ऐतिहासिक समझदारीप्रति खुशी ब्यक्त गरेको छ। कमिटीले विमानस्थलको स्तरोन्नति गर्ने प्रक्रिया आरम्भ गरेकोमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकालाई विशेष धन्यवाद दिएको छ । साथै अब समझदारीले विमानस्थलको विस्तारलाई सुनिश्चित गर्ने विश्वास लिइएको छ । विज्ञप्तिमा विमानस्थलको विस्तारले यस क्षेत्रका निजी क्षेत्र समेत उत्साहित भएको भन्दै विमानस्थल निमार्ण प्रक्रिया आरम्भ हुनुले जनतालाई विकासप्रति थप आशावादी बनाएको उल्लेख गरिएको छ । नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाद्वारा जारी गरिएको विज्ञप्तिमा विमानस्थलको जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसमा हुनसक्ने नाजायज चलखेल परियोजना रोक्ने कारण बन्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन सबैमा अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *