Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने

विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने

विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने भएको छ ।
कोरोना महामारीका कारण चैत दोस्रो साताबाट बन्द गरिएका विद्यालयहरु पुस २ गतेबाट खुल्ने भएका हुन् । विराटनगर महानगरपालिकामा हिजो दिउँसो बसेको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो । सो बिषयमा जानकारी दिनुहुँदै विराटनगर महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले विद्यालय सञ्चालकहरुले विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, विद्यार्थीको शारिरीक तापक्रम दैनिक नाप्नुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने र प्रत्येक विद्यालयमा एउटा आईसोलेसन कक्ष अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको बताउनुभयो । कुनै विद्यार्थीमा शंकास्पद लक्षण देखिए आईसोलेशनमा राखेर अभिभावकसँग समन्वय गर्नुपर्नेलगायतका निर्णयसमेत गरिएको बताउनुभयो । नगरक्षेत्रमा हाल १ सय ८१ वटा विद्यालय छन् । जसमा सार्वजनिक विद्यालय ७६ वटा र संस्थागत विद्यालय १ सय ५ वटा छन् । सार्वजनिकमध्येका विद्यालयहरुमा सामुदायिक ५६ वटा र धार्मिक परम्परागत विद्यालय २० वटा रहेको जनाइएको छ । विद्यालय खोल्नुअघि अभिभावकसँग अनिवार्य समन्वय गर्नुपर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *