Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर महानगरको अत्यावश्यक कामबाहेकका सेवा ५ दिनका लागि बन्द

विराटनगर महानगरको अत्यावश्यक कामबाहेकका सेवा ५ दिनका लागि बन्द

विराटनगर २९ भाद्र
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना पुष्टि भएपछि महानगरको अत्यावश्यक कामबाहेकका सेवा ५ दिनका लागि बन्द गरिएको छ । महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा आजदेखि असोज २ गतेसम्म ५ दिनका लागि बन्द गरिएको हो । पोखरेलको सम्पर्कका रहनुभएका मेयर भीम पराजुलीसहितका कर्मचारीहरू पीसीआर गरेर होम आइसोलेसन बस्नुभएको छ । शनिबार स्वाब दिनुभएका पोखरेललाई हिजो बिहान कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना देखिएको पुष्टि गर्नुभयो । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो । वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनु अगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी हुनुभएको थियो । उहाँलाई त्यहि बैठकबाट कोरोना संक्रमण भएको अनुमान महानगरका कर्मचारीले गरेका छन् । विराटनगरमा अहिलेसम्म १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसेकको छ । जसमध्ये १७ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *