Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु

विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु

बिराटनगर ८ असोज
विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु गरेका छन् । विराटनगर–३ पोखरीयाका युवाहरुले पोखरीया फुड बैंक स्थापना गरेर लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई भान्साको पोको उपहार दिन थालेका हुन् । नमुना मार्ग पोखरीयामा राखिएको फुड बैंकबाट अति विपन्न वर्गहरुलाई पहिचान गरेर ८ किलो चामल, दाल नुन, आलु लगायतका खाद्य सामग्री भान्साको पोको उपहार स्वरुप उपलब्ध गराएको फुड बैंकका संयोजक विकी कार्कीले बताउनुभयो ।
लकडाउन खुला भए पनि अशक्त र अपाङ्गता भएका व्यक्ति, आर्थिक विपन्न, ज्येष्ठ नागरिक, कामबाट वञ्चित भएका अति विपन्न वर्गहरुका लागि खाद्यन्नको अझै समस्या देखेर पोखरीयाका युवाहरुले पोखरीया फुड बैंक स्थापना गरेको उहाँले बताउनुभयो । तर, अन्य स्थानमा भन्दा यहाँ खोलिएको फुड बैंकको विशेषता फरक छ । लकडाउनको कारणले दैनिक ज्याला मजदुरी गर्न नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको बेला फुड बैंकले एक हप्तासम्म भान्साको पोको उपहार उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । पोखरीयाका युवाहरुले गरेको काम उदाहरणीय रहेको भन्दै पोखरीया फुड बैंकका लागि विराटनगर महानरपालिका वडा नं–३ का वडाअध्यक्ष, विनोद वस्नेत, वडा नं–४ का वडाअध्यक्ष उद्धव अर्याल र विराट कोल्ड कपका अध्यक्ष सन्तोष बाँनिया लगायतले सहयोग जुटाउने प्रतिवद्धता जनाउनुभयो । खाद्यन्नका लागि सम्राट स्पोर्टिङ्ग क्लव, त्रिवेणी वाचनालय, युनाइटेड स्पोर्टिङ्ग क्लव, हामी युवा, पोखरिया सभ्य क्लब समाजले पोखरिया फुड बैंकलाई सहयोग जुटाउँदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *