Friday, November 22, 2024
Home > मुख्य समाचार > विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिए

विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिए

विराटनगर ३ भाद्र
विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा थपिएका संक्रमितमध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बूढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ । प्रदेशमा आज २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *