Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरमा ३३ सहित प्रदेश १ मा १ सय २ जना कोरोना संक्रमित थप

विराटनगरमा ३३ सहित प्रदेश १ मा १ सय २ जना कोरोना संक्रमित थप

विराटनगर । प्रदेश–१ मा गएको २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आज थप ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका ३, इलामका १ र प्रदेशबाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला र १३ पुरुष, सुनवर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैंचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ र महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकका ३ महिला र १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष तथा प्रदेश १ बाहिरका २ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । यसैबीच विराटनगर महानगरपालिकाले बनाएको आइसोलेसनमा राखिएका कोरोना संक्रमितको रेखदेखमा खटिने एक जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पिसिआर रिपोर्टमा नर्सलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा संक्रमित राख्ने आइसोलेसन बनाएको छ । मारवाडी सेवा सदन, कालि मन्दिर र विराटनगर १९ स्थित स्वास्थ्य चौकीको भवनमा आइसोलेसन सञ्चालनमा छन् । आइसोलनमा राखिएका संक्रमितहरूको स्वास्थ्य अवस्थामा बुझ्न खटिने नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *