Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरमा निषेधाज्ञा मुख्य सडक सुनसान, भित्रीसडकमा भिडभाड

विराटनगरमा निषेधाज्ञा मुख्य सडक सुनसान, भित्रीसडकमा भिडभाड

विराटनगर । कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि विराटनगर महानगर क्षेत्रमा निषेधाज्ञा लगाइएको आज चाथौ दिन । सडक, बजार सुनसान देखिएका छन ।

अत्यावस्यक सेवाका सवारी साधन बाहेकका साधनहरुको आवागमन सडकमा देखिएको छैन् । यद्यपी भित्री सडक गल्लीहरुमा भने मानिसहरुको आवतजावत बाक्लो देखिन्छ । खासगरी हाटखोला चौक, केशलिया रोड लगायतमा मानिसहरुको चहलपहल छ । केशलिया रोडका किराना पसलसँगै हार्डवेयर, सुनचाँदी, मासु पसल, मोबाइल पसल लगायत अधिकांश पसल खुल्लै छन् । सो क्षेत्रमा मानिसहरुको उपस्थिती उल्लेख्य छ । विराटनगरका मुख्यमुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाई पारेका छन् । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएको देखिन्छ । यता दैनिक ज्याला मजदुरीका लागि आएका व्यक्तिहरुले निषेधाज्ञाका कारण गुजारा चलाउनै समस्या भएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले भोकभोकै बस्नुपर्ने अवस्था आएकाले खानाको प्रबन्ध मिलाइ दिन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *