Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरका तीन जना युवाहरु कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा सक्रिय

विराटनगरका तीन जना युवाहरु कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा सक्रिय

बिराटनगर २४ भाद्र
विश्वले कोरोना कहरको सामाना गरिरहेको बेला विराटनगर बगरगाछी–३ का युवाहरुले कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापन र दाहासंस्कारको काम सुरु गरेका छन । समाजमै उदाहरणीय बन्दै युवाहरुले ठूलो साहस र हिम्मतका साथ सावधानी अपनाउदै संक्रमणबाट मृत्य ुभएका मानिसहरुको शब व्यवस्थापन गर्दे आएका छन । हल्लै नगरी समाजसेवा गर्ने बिशाल मुटुभएका वास्तविक समाजसेवीहरुको पनि यहाँ कमी छैन ।यस्तै कर्म गरिरहेका छन यतिबेला विराटनगर बरगाछीका युवाहरुले । प्रशासनले परिवारिक सदस्यहरुबाट समेत संक्रमितको शव ब्यवस्थापन गर्न सक्ने बाटो खोलिदिएपछि उनीहरुले आइतबार कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको विराटनगरमा दाहासंस्कार गरेका छन ।
नगर क्षेत्र भित्रै कोरोना संक्रमितहरु प्रति सामाजिक विभेद भएको देखेर त्यसलाई चिर्नपनि संक्रमणबाट मृत्युभएका मानिसहरुको शब व्यवस्थापन र दाहासंस्कारमा आफूहरु जुटेको राम नेपालले बताउनुभयो । २५ देखि ३० वर्ष उमेर समूहका युवाहरुले विगत एक महिना अघि देखि विराटनगरमा रहेका कोरोना संक्रमितहरुको घरमा सेनिटाईजरको काम गर्दै आएका थिए । त्यतिमात्र होईन खाद्यन्न अभाव भएका विपन्नहरुलाई खाद्यन्न उपलब्ध गराउने काम समेत उनीहरुले गर्दै आएका छन । यो काम सामान्य नभएपनि युवाहरुले हिम्मत गरे कुनैपनि काम गर्न सक्छन भन्ने उदारहण बनेको युवाहरुले बताएका छन ।
युवाहरुले अन्तरमनबाटै सामाजिक सेवामा सक्रिय भएको बताएका छन । कोरोना संक्रमितहरुको शब व्यवस्थापनमा धेरैलाई हार गुहार गर्नुपर्ने भएपछि आफूहरु शब व्यवस्थापन र दाहासंस्कारमा सहयोग गर्न जुटेको अभियन्ता दीपक चापागाईंले बताउनुभयो ।
सेवा मनले गर्ने हो । जुन काम बरगाछीका आधा दर्जन युवाहरुले गरिरहेका छन । कोरोना कहरमा समाजसेवामा जुटेका उनीहरु अहिले अतिथि सेवा सदनको क्वारेनटाईनमा बसेका छन् । उनीहरुको कामलाई हौसल्ला प्रदान गर्न र यसबाट प्रेरणा लिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *