Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विभिन्न स्थानमा थुपारेका लाखौं मूल्यको अवैध ढुंगा बाराको निजगढ नगरपालिकाद्धारा जफत

विभिन्न स्थानमा थुपारेका लाखौं मूल्यको अवैध ढुंगा बाराको निजगढ नगरपालिकाद्धारा जफत

बारा ६ असोज
बाराको निजगढ नगरपालिकाले विभिन्न स्थानमा थुपारेका लाखौं मूल्यको अवैध ढुंगालाई जफत गरेको छ । निषेधित अवधिमा खोला बगरमा प्रवेश गरी संकलन गरेको करिब एक करोड रुपैयाँ मूल्य बराबरको अवैध ढुङ्गा नगरपालिकाले जफत गरेको हो । निजगढ नगरपालिकाले बकैया र धन्सार खोलाबाट दुई दिनयता सो मूल्य बराबरको अवैध ढुङ्गा जफत गरेको हो । प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायामको असारदेखि भदौसम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ तर कानुन उल्लंघन गर्दै बकैया र धन्सार खोलाको बगरबाट अवैध ढुङ्गा संकलन गरेका कारण नगरपालिकाले जफत गरेको जनाएको छ । कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १, ४, ९ र १० बकैया खोला र धन्सार खोलाबाट संकलन गरिएको ४ लाख ८७ हजार ३ सय ७३ दशमलव ७९ घनफिट ढुङ्गा जफत गरेको निजगढ नगरपालिकाले जनाएको छ ।  निजगढ नगरपालिकाले उक्त ढुङ्गा निलाम गर्ने जनाएको छ । निजगढ नगरपालिकाको अनुसार प्रति घनफिट ७.९१ रुपैयाँमा राजस्व संकलन भइरहेको सो ढुङ्गाको न्यूनतम मूल्य ३८ लाख ५५ हजार १ सय २३ रुपैयाँ हुन आउँछ र यहि रकमलाई न्युनतम रकम कायम गरी निलाम प्रक्रियामा जाने नगरपालिकाको तयारी रहेको छ । दुई दिनयता जफत भएको ढुङ्गा करिब १ हजार २६ टिपर बराबर रहेको सोको प्रचलित बजार मूल्य न्यूनतम करिब १ करोड रुपैयाँ हुने बताइएको छ । प्राविधिक कर्मचारीसहितको टोलीले घाटगद्दि स्थानमा नै पुगेर नापचाँच र चिन्ह लगाएर सम्बन्धित वडाका वडाध्यक्षको रोहबरमा मुचुल्का बनाइ ढुङ्गा जफत गरिएको हो । हामीले खोला बगरबाट अवैध रुपमा उत्खनन् गरेर घाटगद्दि गरिएको भन्ने समाचार प्रशारण गरेपछि नगरकार्यपालिका बैठकको निर्णयअनुसार ढुङ्गा जफत गरिएको हो । प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायामको असारदेखि भदौसम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ । तर, कानुन उल्लंघन गर्दै बकैया र धन्सार खोलाको बगरबाट उक्त अवधिमा ठुलो परिमाणको ढुङ्गा उत्खनन भएको थियो । बन्दका बेला महँगो मूल्यमा ढुंगा बिक्री गरी रकम कमाउने उद्देश्यका साथ सो ढुंगा अवैध रुपमा संकलन गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *