नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गर्नुभएको छ ।
आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गर्नुभएको हो । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले भोली स्वयम विप्लप पनि आउनुपर्ने बताउनुभयो । आउन ढिला गरे त्यसले उहाँलाई पनि फाइदा नगर्ने दाहालको भनाई छ । अध्यक्ष दाहालले बाँकी रहेका सबैलाई अफ्ठ्यारो नमानी आउन अपिल गर्नुभयो । गरिहाले, हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पुर्याउने काम नगरि छिटो पार्टीमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । पार्टी प्रवेशपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताउनुभयो ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।