Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसको असन्तुष्टि

विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसको असन्तुष्टि

ललितपुर । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएको छ ।

सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषद्को निर्णय छ । कांग्रेसले भने पुनः महँगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पिडामाथि पीडा थप्ने भन्दै विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज वक्तव्य जारी गर्दै ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू न्यायोचित नभएको उल्लेख गर्नुभएको छ । अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार असहयोग गरेको कांग्रेसको ठहर छ । यसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसले बताएको छ । साथै कांग्रेसले दिनमा तीनवटा मात्र उद्वार फ्लाइट गर्दा कतिपय देशका नेपाली घर फर्किन महिनौं लाग्ने चिन्तासमेत व्यक्त गरेको छ । सरकारको निर्णयअनुसार नेपाल फर्कन चाहने श्रमिकले चार्टर फ्लाइटको टिकट किटक आफैं काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परिक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफै हाल्नुपर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *