Saturday, January 18, 2025
Home > मुख्य समाचार > विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई सरकारको आग्रह

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई सरकारको आग्रह

काठमाण्डौ ७ कात्तिक

सरकारले आजदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।
हिजो सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेदेखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गर्नुभएको हो । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गतेसम्म रहेकाले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गर्नुभएको हो । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङ्ले स्पस्ट पार्नुभएको छ । मन्त्रालयका सहसचिव डिल्रिाम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पूरा गरिसकेको छ । कात्तिक ८ गतेदेखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनै पनि सेवाप्रदायकलाई कानुनअनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *