Saturday, January 18, 2025
Home > मुख्य समाचार > विगत सात महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु

विगत सात महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु

काठमाण्डौ ६ असोज
कोरोनाका कारण विगत सात महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएको छ ।
नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले हिजोबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोना सम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरि सेवा संचालन सुरु भएको बताउनु भयो । वायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिनुभयो । बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणापत्र भर्नु पर्नेछ । नयाँ व्यवस्थाअनुसार उडान समयभन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नुपर्ने छ भने हातेझोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ । विमानस्थल सेवा संचालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ । देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी ५० वटा उडानलाई अनुमति दिएको थियो । सौर्य एयरलायन्सको बिमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन । तर तारा एयरले नेपालगञ्ज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *