Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि प्लाज्मा रगत संकलन

लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि प्लाज्मा रगत संकलन

बिराटनगर ११ मंसिर
लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि ३२ पिन्ट प्लाज्मा रगत संकलन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा कोरोना संक्रमितको प्लाज्मा थेरापी पद्दतिद्वारा हुने उपचारका लागि रगतको अभाव हुन नदिने उदेश्यले विराटनगरमा रगत संकलन गरिएको आयोजकले जनाएको छ ।कोरोना भाइरस संक्रमणमुक्त भएर ४० दिन नकटेका संक्रमित व्यक्तिहरुले रगत दिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेलले बताउनुभयो । उहाँले मानवीय सेवाको भावनाले क्लवले दोस्रो पटक प्लाज्मा रग्गत संकलन गरेको जानकारी दिनुभयो । प्लाज्मा रक्तदान कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्लाज्मा रक्तदान गर्नु हुने सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले कोरोना भाईरसले कसैलाई नचिन्ने भन्दै यसलाई सवै मिलेर सर्तकता अपनाएर प्ररास्त गर्नुपर्ने बताउनुभयो । संकलित ३२ पिन्ट प्लाज्मा रगत आवश्यक परेमा संक्रमितहरुलाई प्रदान गर्ने लायन्स क्लव अफ विराटनगर सेन्टरले जनाएको छ । क्लवले यस अघि २५ पिन्ट प्लाज्मा रगत संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *