Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > लायन्स क्लब अफ विराटनगर शुभमको एक हप्ते रगत संकलन अभियान सम्पन्न

लायन्स क्लब अफ विराटनगर शुभमको एक हप्ते रगत संकलन अभियान सम्पन्न

विराटनगर २३ भाद्र
लायन्स क्लब अफ विराटनगर शुभमले सुरु गरेको एक हप्ते रगत संकलन अभियान सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा लायन्स क्लब शुभमले भदौ १४ गतेदेखि सुरु भएको अभियान हिजो सम्पन्न भएको हो । पूर्वका स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएपछि क्लबले रक्तदान अभियान सञ्चालन गरेको थियो । रगतको चरम अभाव देखेर रगत संकलन गर्ने कार्यलाई क्लवका सबै सदस्यहरुको सहयोगबाट निरन्तरता दिएको क्लबकी अध्यक्ष मनिका शर्मा (चौहान) ले बताउनुभयो । क्लबले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखामा कार्यरत सबै कर्मचारीहरुलाई एन नाइन्टी फाइब मास्क र सेनिटाइरज वितरण गरिएको थियो । रेडक्रसका सभापति सुवोधकुमार सिंहले रगतको अभाव भइरहेका बेला लायन्स क्लब अफ विराटनगर शुभमले सप्ताहव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । अभियानअन्तर्गत १ सय पिन्ट रगत संकलन भएको संस्थाकी सदस्य सरस्वती सिटौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *