झापा २६ असोज
प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर सहित झापाका दुई युवा पक्राउ परेका छन । झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षिय राज सुबेदी शर्मा र मेचीनगर–८ का २० बर्षिय सौगात राई रहेका छन । विशेष सुराकका आधारमा लागुऔषध व्युरो काकभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज विहान पक्राउ गरेको हो । उनीहरुको साथमा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद भएपछि पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।