Saturday, January 18, 2025
Home > मुख्य समाचार > लगातारको बर्षाका कारण खोलाहरुको जलस्तर बढ्दा तटीय क्षेत्रका बासिन्दा त्रासमा

लगातारको बर्षाका कारण खोलाहरुको जलस्तर बढ्दा तटीय क्षेत्रका बासिन्दा त्रासमा

विराटनगर ११ असोज

केही दिनयताको लगातारको बर्षाका कारण खोलानालाहरुको जलस्तर बढेको छ । खोलाको बढदो जलस्तरले बाढीको रुप लिने सम्भावना देखिएपछि तटीय क्षेत्रका बासिन्दामा त्रासको अवस्था सृृजना भएको छ । असोज पहिलोसाताबाट सुरु भएको लगातारको बर्षाले जलाशयहरुको जलस्तरमा लगातार बृद्धि हुँदै गएको छ । बढदो जलस्तरले बाढीको रुप लिने सम्भावना देखिएपछि खोला क्षेत्रमा घरटहरा बनाई बस्दै आएका सुकुम्बासी परिवारका साथै तटिय क्षेत्रका बासिन्दा भयभित भएका छन । जलस्तर लगातार बढेसंगै खोला क्षेत्रका कतिपय बासिन्दाका घरमा पानी प्रवेश गरेको छ । जसका कारण उनीहरु घर खाली गरेर सुरक्षित स्थान सरेका छन भने कतिपयले खोलाकै डिलमा पाल टाँगेर बसेका छन । विराटनगरस्थित सिंघीया खोला किनारमा घर बनाई लामो समयदेखि बस्दै आएका सिकन्दर सहनीले खोलाको जलस्तर बढदै गएर करेसाबारीसम्म पानी आएका कारण रातभरि निदाउन नसकेको बताउनुभयो । खोलाको बगरमैं घरहरु निर्माण गरिएका कारण समेत खोलाको जलस्तर सामान्य बढदा बाढीको अवस्था सृजना हुने गरेको छ । खोला क्षेत्र मिचेर बस्तीहरु निर्माण गरिएका कारण बर्षाको समयमा खोलाको जलस्तर बढदा पानीले निकास नपाउने भएपछि बाढी र डूबानको अवस्था सृजना हुँदै आएको हो । विराटनगर भएर बग्ने सिंघीया खोलाले वडानम्बर १,२,७,८,१४ र १८ नम्बर वडा लाई छुन्छ । यसैगरि केशलिया खोला वडानम्बर ४,५,६,११,१२ र १६ को सिमाना हुँदै बग्छ । ती दुई खोला किनारमा महानगरपालिका तर्फमात्र झण्डै ५ हजार ७ सय र कटहरी तथा दुहबी नगरपालिकातर्फ समेत हजारौं सुकुम्बासी परिवार बस्दै आएका छन । बाढीको अवस्था सृजना हुने सम्भावना देखिएपछि गाँउपालिका र सुरक्षा निकायलाई सो बिषयमा जानकारी गराई सकिएको कटहरी गाउँपालिका वडानम्बर १ का वडाध्यक्ष कपुरलाल माझीले जानकारी दिनुभयो । यसपटकको बर्षायाममा मात्र खोला क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारले तीन पटकसम्म घर छाडेर सुरक्षित स्थान सर्दै फर्किनु परेको छ । बाढीका कारण सुकुम्बासी परिवारले बर्षेनी जनधनको क्षति बेहोर्दै आएका छन भने राज्यले समेत उनीहरुको उद्धार र राहतमा ठूलो धनराशी खर्च गर्दै आएको छ । हरेक वर्ष दोहोरिरहने योे अवस्थाको अन्त्य गर्न खोला क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा पुर्नस्थापना गर्नु नै उत्तम विकल्प हो ।त्रासको न्युनिकरणका लागि भने खोला किनारहरुलाई तटबन्ध गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *