Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > लक डाउनका कारण पोखराको फेवाताल किनारबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्भियो

लक डाउनका कारण पोखराको फेवाताल किनारबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्भियो

पोखरा ४ असोज
कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लक डाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्भिएको छ । बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलिएको हो । केवलकारबाट मनमोहक दृश्य सहित बिहानीको सराङङकोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावि निर्माण कम्पनीको छ । लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण केवलकारको केही काम रोकिएको अन्न्पुर्ण केवलकारका सुपरभाइजर अरुण कोइरालले बताउनुभयो । केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भएपनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ । सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *