Saturday, January 18, 2025
Home > मुख्य समाचार > लकडाउन सुरु भएयता निर्माण क्षेत्र ठप्प हुदा श्रमिकहरुको व्यवस्थापन मुख्य चुनौती भएको उद्योगीहरुको भनाई

लकडाउन सुरु भएयता निर्माण क्षेत्र ठप्प हुदा श्रमिकहरुको व्यवस्थापन मुख्य चुनौती भएको उद्योगीहरुको भनाई

काठमाण्डौ २८ भाद्र
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योगहरु बन्द रहे । त्यसको असर उद्योगीहरुमा मात्र नभएर श्रमिकहरुमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै समस्या बढेको उद्योगीहरु बताउँछन् ।  कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आदेश जारी हुँदा निर्माण क्षेत्रका इँटा उद्योग, क्रसर उद्योग लगायतका उद्योगहरु पनि बन्द रहे । तरपनि कोभिड १९ संक्रमणको असर परेको क्षेत्रहरुमा यी क्षेत्र पर्दैनन् । जसको मुख्य कारण निर्माण क्षेत्र कुनै न कुनै रुपमा सञ्चालन भइरहेको छ भन्ने हो । निर्माण क्षेत्रका लागि आवस्यक मुख्य कच्चापदार्थ यिनै इटा उद्योग र क्रसर उद्योगबाट आपूर्ति हुन्छ । त्यसैले पनि यो क्षेत्रमा त्यति ठूलो असर परेको छैन भन्न सकिन्छ । तर निर्माण उद्योगीहरु भने त्यसमा सहमत छैनन् । अन्य क्षेत्रमा परेको असरको प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने क्रसर उद्योगी श्यामराज खड्का बताउनुहुन्छ । उहाँले कोभिडको असर वैदेशिक रोजगारीमा परेको र रेमिट्यान्समा कमी आउँदा निर्माणका कामपनि कम हुन गई निर्माणजन्य उद्योगहरुमा असर पर्ने बताउनुभयो । उहाँले रेमिट्यान्समा ३० प्रतिशते कमि आएमा निर्माण क्षेत्रको व्यापारमा पनि ३० प्रतिशतले नै कमि आउने बताउनुभयो । त्यसैले सरकारले क्रसर उद्योग सञ्चालनमा सहजिकरण गर्नुपर्ने खड्काको भनाई छ । यस्तै इटा उत्पादक संघका अध्यक्ष नातिभाई हेम्वाले पनि लकडाउन सुरुभएपछि इटा उत्पादन ठप्प भएको बताउनुभयो । काँचो इँटा पोल्ने बाहेकका कुनै काम हुन नसेको उहाँको भनाइ छ । उहाँले अहिले बजारमा समेत इटाको माग नभएको बताउनुभयो । अहिले उत्पादन भएको इटा विक्री नभएकाले अर्को सिजनको मागलाई समेत धान्न सक्ने इटा आफूहरुसँग रहेको हेम्वाले बताउनुभयो । त्यसैले पनि अहिलेकै स्थितिमा माग भइराखे अर्को सिजनमा इँटाको आपूर्तिमा कुनै समस्या नहुने देखिन्छ । तर अहिलेको स्थितिमा उद्योग सञ्चालन गर्न चुनौति रहेको पनि उहाँको भनाई छ । विभिन्न जिल्लाबाट आउने श्रमिकहरुको व्यवस्थापन उद्योगीहरुका लागि मुख्य चुनौति रहेको उहाँले बताउनुभयो । भक्तपुर जिल्लामा सञ्चालित ६२ वटा इटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत छन् । विभिन्न जिल्लाबाट र भारतबाट समेत कामदार ल्याउनुपर्ने भएकाले कोभिड १९ संक्रमणको व्यवस्थापनमा चुनौती रहेको अध्यक्ष हेम्वाले बताउनुभयो । कामदारहरु विभिन्न उद्योगमा पालैपालो काम गर्न जानुपर्ने भएकाले उद्योग भित्रै क्वारेन्टाइनमा राख्न समेत सम्भव नहुने उहाँले बताउनुभयो । त्यसैले सरकारले इटा उद्योगीहरुका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *