Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > लकडाउनपछि बारामा आत्महत्याको घटना बढ्दै

लकडाउनपछि बारामा आत्महत्याको घटना बढ्दै

बारा २१ भाद्र

लकडाउनपछि बारामा आत्महत्याको घटना बढ्दै गएको पाइएको छ ।
लकडाउनका कारण रोजगारी खोसिनुका साथै आर्थिक अभावलगायतका कारणले आत्महत्याका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । गत चैत ११ देखि हालसम्म जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको बिवरण अनुसार जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धासम्म रहेका छन् । जसमध्ये विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको बिवरणमा उल्लेख छ । झुन्डिएर आत्महत्या गर्नेमा १० बालक १६ बालिका, १२ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै दुई जना महिला र एक जना बालकले विष सेवन गरेर आत्महत्या गरेका छन् । आत्महत्याको एउटै कारण सबैै व्यक्तिमा लागू हुन्छ भन्ने नुहुने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
लकडाउनका बेलामा पनि बारामा अपराधजन्य गतिविधिमा भने कमी आएको छैन । लागूऔषधमा कारोबार र सेवनमा संलग्न ३७ जनालाई पक्राउ गरिएकोे प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *