Saturday, January 18, 2025
Home > मुख्य समाचार > रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुल्यो,कृषियोग्य जग्गाको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गर्ने सरकारको निर्णय

रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुल्यो,कृषियोग्य जग्गाको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गर्ने सरकारको निर्णय

काठमाण्डौ २३ भाद्र
सरकारले हाल रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो एक सूचना जारी गर्दै कृषियोग्य जग्गाको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गरिएको जनाएको हो । हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन विभाग मातहतका कार्यालयलाई निर्देशन दिन मन्त्रीस्तरको निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रालयले २०७४ साउन २६ र ०७४ पुस २७ गते भएको जमिन खन्डीकरणसम्बन्धी परिपत्र खारेज गरी कृषियोग्य जमिन संरक्षण र व्यवस्थित गर्नका लागि भदौ १८ गतेको निर्णयअनुसार कित्ताकाट खुला गरिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावली बनाइ मन्त्रिपरिषद्मा पेस गरेको छ । यो पारित हुन भने बाँकी छ । नियमावलीमा जग्गाको वर्गीकरण गरी सोअनुसार प्रयोग गर्ने र कृषियोग्य जमिन संरक्षण गर्ने प्रस्ताव तयार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *