Saturday, January 18, 2025
Home > खेलकुद समाचार > रुसी ह्याकरहरूले यस वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पु¥याउने उद्देश्यले हमला गरेको बेलायतको दाबी

रुसी ह्याकरहरूले यस वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पु¥याउने उद्देश्यले हमला गरेको बेलायतको दाबी

एजेन्सी ५ कात्तिक
रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पु¥याउने उद्देश्यले हमला गरेको बेलायतले दाबी गरेको छ । कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला भएको दाबी गरिएको छ । बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र संगठनविरूद्ध’ साइबर हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाको न्याय मन्त्रालयलेसमेत ६ जना रुसी गुप्तचरविरुद्ध ‘रुसलाई रणनीतिक फाइदा हुने गरी’ साइबर हमलाहरू गरेको अभियोग लगाएको छ । अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्स, सन् २०१७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई प्रभावित बनाउन खोजेका थिए । उनीहरूले युक्रेनको उर्जा प्रणाली बन्द गर्ने तीन वर्षअघिको उक्त घटनाबाट विश्वभरि १० अर्ब डलर क्षति पु¥याएको पनि दाबी गरिएको छ । बेलायतका विदेशमन्त्री डोमिनिक राबले ओलिम्पिक्स र पारालिम्पिक्स खेलहरु लक्षित हमलाहरू तिनका आयोजक, प्रायोजक र व्यवस्थापकीय सुविधाको आपूर्ति गर्नप्रति लक्षित भएको हुन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *