Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > रुसले विकास गरेको खोपकोे नतिजा सकारात्मक

रुसले विकास गरेको खोपकोे नतिजा सकारात्मक

एजेन्सी २१ भाद्र
कोरोना भाइरस संक्रमणविरुद्ध रुसले विकास गरेको खोपले सकारात्मक नतिजा देखाएको छ ।
खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले प्रकाशित गरेको प्रतिवेदनमा जनाइएको छ । १८ देखि ६० वर्ष उमेर समूहका ३८ जनामा खोप दिइएको र त्यसको ३ सातापछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको बीबीसीले जनाएको छ । तथापि, खोप दिइएका सबै जनामा सामान्य रुपमा टाउको तथा जोर्नी दुख्ने समस्या देखिएको थियो । सो खोपको तेस्रो चरणको परिक्षणका लागि ४० हजार जनालाई सहभागी गराइंदैछ । खोपको तिव्र विकासमा अघि बढेको रुसप्रति पश्चिमा राष्ट्रले चासो राख्दै हतारको कदम भएको संज्ञा दिएका छन् । गत महिना रुसका राष्ट्रपति भ्याल्दिमिर पुटिनले आफ्नो छोरीलाई समेत भ्याक्सिन दिइएको बताउनुभएको थियो । विश्वभरमा अहिलेसम्म कोरोनाका २ करोड ८१ लाख बढी संक्रमित भेटिएका छन् । त्यसमध्ये १ करोड ८९ लाख बढी संक्रमणमुक्त हुँदा ८ लाख ८० हजार जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *