Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेश

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेश

काठमाण्डौ २२ असोज

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेश गरेको छ । बोर्डले हिजो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे रणनीतिक योजना पेश गरेको हो । बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई उक्त योजना बुझाउनुभएको हो । सो अवसरमा सह–अध्यक्ष पौडेलले सहकारीको विकासक्रम, नेपालमा सहकारीको समग्र अवस्था, विषयगत सहकारी संस्थाको विद्यमान अवस्था, सहकारीका सवल पक्ष तथा सम्भावनाहरु समावेस गरेर रणनीति तयार पारिएको बताउनुभयो । कार्यक्रममा मन्त्री अर्यालले सहकारी अभियानको विकास र सुदृढिकरणका लागि बोर्डले तयार पारेको २५ वर्षे रणनीतिक योजना महत्वपूर्ण हुने बताउनुभयो । सहकारी क्षेत्रको सबल पक्ष, समग्र सहकारी क्षेत्रको विष्लेशण र अन्तर्राष्ट्रिय अभ्यास सहितका विषयहरु समेटिएकाले देशको अर्थतन्त्रका लागि रणनीतिक योजना महत्वपूर्ण हुने मन्त्री अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *