Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राष्ट्रिय बाल दिवशको अवसरमा प्रदेश नम्वर एक स्तरिय बक्तिव्तकला प्रतियोगिता सञ्चालन हुने

राष्ट्रिय बाल दिवशको अवसरमा प्रदेश नम्वर एक स्तरिय बक्तिव्तकला प्रतियोगिता सञ्चालन हुने

ईलाम २७ भाद्र
मानवअधिकार मञ्च इलामले राष्ट्रिय बाल दिवशको अवसरमा प्रदेश नम्वर एक स्तरिय बक्तिव्तकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
प्रदेश नम्वर एकका १४ वटै जिल्लाबाट जिल्ला स्तरिय छनौट प्रतियोगिता सञ्चालन गरिसकेको मञ्चले आगामी २९ गते प्रविधिको प्रयोग गर्दै प्रतियोगिता सञ्चालन गर्ने भएको हो । हिजो मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराइएको छ । जुम एप्स मार्फत सञ्चालन गरिने प्रतियोगिता सञ्चालनका लागि किन्डरमिसनरेक जर्मनी संस्थाले सहयोग गरेको हो । प्रदेशभरिका २ सय ८ जना बालबालिकाको सहभागिता गराई प्रत्येक जिल्लाबाट एक–एक जना प्रतिष्पर्दी छनौट भइसकेको मञ्चका संयोजक मोहनसिंह थेवेले जानकारी दिनुभयो । प्रदेशमार्फत सामाजिक मन्त्रालयबाट एकजना, मञ्चबाट एक जना र एक जना बिज्ञ निर्णायक मञ्डलमा छनौट गरि कार्यक्रम गरिने भएको छ । १८ वर्षभित्रका बालबालिकाले यसमा सहभागिता जनाएको कार्यक्रमका संयोजक रुद्र थेवेले जानकारी दिनुभयो । ‘कोरोना भाइरस कोभिड–१९ ले बालबालिकामा पारेको असर र सरोकारवाला निकायको भूमिका’ शीर्षकमा जिल्लामा प्रतियोगिता गराइएको र सोहि शिर्षकमा प्रदेशमा समेत प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने छ । कोरोना भाइरसपछि बिद्यालय बन्द भएपनि उनीहरुको रचनात्मक क्रियाकलापलाई निरन्तरता दिनका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका ईश्वर मगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *