Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समयसापेक्ष संशोधन गर्न संसदको महिला तथा सामाजिक समितिको सरकारलाई निर्देशन

राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समयसापेक्ष संशोधन गर्न संसदको महिला तथा सामाजिक समितिको सरकारलाई निर्देशन

काठमाण्डौ ८ असोज
संसदको महिला तथा सामाजिक समितिले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समयसापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । मौजुदा ऐन समय सापेक्ष नभएकोले प्रस्तावना देखि दण्ड, सजायलगायतका प्रावधान परिमार्जन गरी संशोधन गर्न समितिले सरकारलाई दिर्नेशन दिएको हो । नेपाल बाल संगठन लगायत वर्गिय तथा व्यवसायीक संगठन गठन गर्ने आधारका रुपमा रहेको ऐन परिमार्जन गरी संघियताको मर्मअनुसार बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो । समितिले बाल संगठनको पूर्व कार्यसमितिले आफ्नो अभिलेख अहिलेको तदर्थ समितिलाई आधारिक रुपमा नबुझाएकाले समाज कल्याण परिषदको रहोबरमा १५ दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । सो समयावधि भित्र नबुझाएमा कानूनी कारवाहीको दायरामा ल्याउन समितिले समाज कल्याण परिषदलाई निर्देशन दिएको छ । बाल संगठन दयनिय अवस्थामा आइपुग्नुमा विगतको अपारदर्शी र अवैज्ञानिक व्यवस्थापकिय शैली व्यवहार र नीति भएको समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *