Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान

राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
आज दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दलीय आधारमा उम्मेदवारी दर्ता भएकाले उनीहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगले जनाएको छ ।  आयोगले उम्मेदवारलाई सम्बन्धित प्रदेशमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट अपराह्न ४ बजेसम्म चुनाव चिन्ह उपलब्ध गराएको हो । महिला, दलित, अपाङ्गता तथा अल्पसंख्यक र अन्य गरी चार वटा क्लस्टरका १८ जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४५ जना चुनावी मैदानमा छन् ।  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्न प्रदान गरेसँगै निर्वाचन आचारसंहिता पनि आजैदेखि लागू भएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगले सात प्रदेशका मतदान केन्द्र रहेका ७ जिल्लामा मात्रै आचारसंहिता लागू हुने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *