Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा उच्च बनाउँदै देशमा समाजवाद स्थापना गर्न भूमिका खेल्ने नेकपा उपाध्यक्ष गौतमको प्रतिबद्धता

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा उच्च बनाउँदै देशमा समाजवाद स्थापना गर्न भूमिका खेल्ने नेकपा उपाध्यक्ष गौतमको प्रतिबद्धता

काठमाण्डौ २ असोज
राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हिजो मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताउनुभयो । उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको संकल्प पुरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियसभामा आफुले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो । फागुनदेखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *