Saturday, January 18, 2025
Home > आर्थिक समाचार > रामधुनी नगरपालिका वार्ड नम्बर १ कि सदस्यसमेत रहेकी उमा थरुनी च्याउखेतिबाट राम्रो आम्दानी गर्दै

रामधुनी नगरपालिका वार्ड नम्बर १ कि सदस्यसमेत रहेकी उमा थरुनी च्याउखेतिबाट राम्रो आम्दानी गर्दै

सुनसरी ५ कात्तिक
पछिल्लो समय कृषिकार्यमा लागेर मनग्गे आम्दानी लिनेको संख्या बढिरहेको छन् । तर जनप्रतिनिधि भएर पनि कृषिकार्यमा रमाउने त्यति धेरै सुन्न पाइन्न । तर, सुनसरीको रामधुनी नगरपालिका १ की उमा थरुनी एक अपवाद हुन जसले जनताको काम भ्याएर पनि कृषिकर्ममा रमाईरहेकी छिन् । रामधुनी नगरपालिका वार्ड नम्बर १ कि सदस्यसमेत रहेकी उमा थरुनीले च्याउखेतिबाट राम्रो आम्दानी गरिरहेकी छिन् । गर्दा के हुदैन ? भन्ने उदाहरण उमा थरुनीको जीवनबाट लिन सकिन्छ । उमाले ८–९ वर्षदेखि सुरु गरेको व्यवसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी लिईरहेकी मात्र छैनन् अरुको प्रेरणाको श्रोत समेत बन्न सफल भएकी छिन । च्याउ खेति सुरु गरेर उनले आम्दानी मात्र लिईनन । विदेशिएका श्रीमानलाई समेत घर फर्खाएर यही पेसामा लगाउन सफल भइन । श्रीमान् बैदेशीक रोजगारबाट खालि हात फर्किएपछि च्याउ खेति गर्ने सोच बनाए.पुँजी नहुँदा चामल बेचेर ४ हजार बचत गरि ५० पोका च्याउको बिउ बाट ब्यबसाय सुरु गरिन् । आफैँले च्याउ खेती गरेपछि अहिले उमालाई च्याउ बेच्न भ्याइनभ्याइ छ । उनको च्याउ स्थानीय बजारदेखि इटहरी र धरानसम्म पुग्छ । उनको च्याउ फर्ममा दैनिक २ सय देखि ३ सय केजी च्याउ उत्पादन हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने च्याउ बजारको कुनै समस्या नरहेको, च्याउ प्रतिकिलो २ सय रुपैयाँले विक्री हुने गर्छ । अहिले दिनको औसत कमाई ४० हजार हुने गरेको उमा थरुनी बताउछिन । च्याउ खेतीका लागि हावापानी उपयुक्त र बजारमा लैजान पनि सहज हुने भएकाले किसान यो पेशामा आकर्षित भएका हुन । प्रोटिन तथा मासुमा पाइने पौष्टिक तत्व च्याउमा पाइने भएकाले पनि पछिल्लो समय उपभोक्तामाझ च्याउ लोकप्रिय छ । अर्गानिक तरकारीको रुपमा समेत च्याउलाई लिन सकिन्छ । उमा थरुनी रामधुनी नगरपालिका १ की वडा महिला सदस्यसमेत हुन् । सामाजिक क्षेत्रमा समेत उनी त्यतिकै समय दिएकी छिन । बैदेशिक रोजगारमा ठगिन पुगेका उमाका श्रीमान अहिले गाउँमै बसेर पनि मनग्गे कमाइ गर्न पाउँदा मख्ख छन् । गर्न चाहेमा आफ्नै देशमा मनग्गे आम्दानी लिन सकिने देखेर नगरपालिकाले समेत च्याउको बिउ अनुदान दिएर प्रोत्साहन गरेको सो वडाका वडा अध्यक्ष महेश चौधरी बताउँछन् । कृषि क्षेत्रमै रम्नेको लागि जिबिकोपार्जनका लागि मात्र होइन ब्यबसायिक रुपमा यो क्षेत्रमा लाग्ने हो भने आफ्नै देशमा मनग्गे आम्दानी गर्न सकिने उमा थरुनीबाट सिक्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *