Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राउण्ड टेवल–३ वीरगञ्ज २०१९–२० लागि ‘क्लब अफ द ईयर’ अवार्डबाट सम्मानित

राउण्ड टेवल–३ वीरगञ्ज २०१९–२० लागि ‘क्लब अफ द ईयर’ अवार्डबाट सम्मानित

वीरगञ्ज २२ भाद्र
राउण्ड टेवल–३ वीरगञ्ज २०१९–२० लागि ‘क्लब अफ द ईयर’ अवार्डबाट सम्मानित भएको छ ।
भर्चुअल कार्यक्रममार्फत हालै भएको राउण्ड टेवल इन्टरनेशनलको सम्मेलनमार्फत राउण्ड टेवल वीरगञ्जलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । गत वर्ष कात्तिकमा राउण्ड टेवल नेपालले वीरगञ्जमा १ हजार २ सय छात्राछात्राकाबीच वृहत लैगिंक समानतासम्बन्धी सचेतनामूलक कार्यशाला गरेको थियो । राउण्ड टेबलले गरेको कार्यक्रम गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता गरिएको थियो । विश्वका राउण्ड टेवलहरुमध्ये नेपालको राउण्ड टेवल वीरगञ्जले उत्कृष्ट काम गरेर गिनिज बुकमा नाम दर्ता गरेकाले ‘क्लब अफ द ईयर अवार्ड’ले सम्मानित गरिएको राउण्ड टेवल इन्टरनेशनले जनाएको छ । गत वर्ष वीरगञ्जमा आयोजना गरिएको कार्यक्रमलाई सबैभन्दा ठूलो सत्रको रुपमा लिइएको थियो । सो कार्यक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो । सोही भव्य कार्यक्रम गरेका कारण राउण्ड टेवल वीरगञ्ज अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुन सफल भएको हो । सो जनचेतनामूलक कार्यक्रममा राउण्ड टेबलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट, सेक्रेटरी, एसिया प्यासेफिक चेयरमेनलगायतको समेत उपस्थिति रहेको थियो । राउण्ड टेवल वीरगञ्जले विद्यालय भवन निर्माण, लागूऔषधविरुद्धको सचेतनामूलकसहितका विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *