Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > युथस् हेन्ड फर भोइसलेस विराटनगरका युवाहरुले छाडा छाडिएका एक दर्जन भन्दा बढी कुकुरलाई रेबिजको भ्याक्सिन लगाइ घाँटीमा पेटी लगाईदिए

युथस् हेन्ड फर भोइसलेस विराटनगरका युवाहरुले छाडा छाडिएका एक दर्जन भन्दा बढी कुकुरलाई रेबिजको भ्याक्सिन लगाइ घाँटीमा पेटी लगाईदिए

बिराटनगर १३ असोज
हिजो रेबिज दिवसको अवसरमा युथस् हेन्ड फर भोइसलेस विराटनगरका युवाहरुले छाडा छाडिएका एक दर्जन भन्दा बढी कुकुरलाई रेबिजको भ्याक्सिन लगाइ घाँटीमा पेटी लगाईदिएका छन । विराटनगर–स्थित सन्सारीमाई स्थानमा युवाहरुले एक दर्जन भन्दा बढी कुकुरहरुलाई रेबिजविरुद्धको भ्याक्सिन र घाँटीमा पेटी लगाइदिएका हुन । छाडा छाडिएका कुकुर संकलन गरेर भ्याक्सिन लगाउनु निकै नै जोखिमपूर्ण कार्य रहेको सामाजिक अभियन्ता शिल्पा सुवेदीले बताउनुभयो । उहाँले (कोभिड–१९)को बेलामा सतर्कता अपनाउँदै युथस् हेन्ड फर भोइसलेस विराटनगरले छाडा चौपायाहरुलाई विगत पाँच महिना देखि औषधि उपचार लगायत विभिन्न सेवा गर्दै आइरहेको बताउनुभयो । कुकुरलाई रेबिजको भ्याक्सिन र पेटी लगाउनका लागि नेपाल भेटेरिनरी एसोसियसन र हिन्दु जागरण नेपालले सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *