Thursday, November 21, 2024
Home > खेलकुद समाचार > युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो जित

एजेन्सी १३ असोज
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *