एजेन्जी २७ असोस
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाह क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । बैंगलोरले दिएको एकसय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर एकसय १२ रन मात्र बनाउन सक्यो । कोलकत्ताकालागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६-१६ रन बनाए । कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्टन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट गुमाएर एकसय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे । कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १-१ विकेट लिए । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ ।