Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई

एजेन्सी २४ असोज
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ ।  हिजो ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो । संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । त्यसैगरी डब्लूएफपीले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रुपमा प्रयोग हुन नदिनु पनि उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले बताएको छ । डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै बहुपक्षीय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको नोबेल कमिटीले बताएको छ । त्यसैगरी संयुक्त राष्ट्र संघका सदस्यलाई भोकसँग लड्न एकजुट बनाउन पनि डब्लूएफपीले उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले जनाएको छ । विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्थाका रुपमा रहेको डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो । नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । गत वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई दिइएको थियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक हेनरी ड्युनालाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *