Saturday, January 18, 2025
Home > आर्थिक समाचार > मोरङ सुन्दरहरैंचाका एक व्यक्ति अर्गानिक तरकारी खेती गरेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै

मोरङ सुन्दरहरैंचाका एक व्यक्ति अर्गानिक तरकारी खेती गरेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै

सुन्दरहरैँचा मोरङ २ असोज

स्वदेशमा अवसर नभएको भन्दै रोजगारीका लागि दैनिक सयौं युवा भारत र तेस्रो मुलुक जाने गरेका छन् । जाँगर, मेहनत र लगनशीलता भए स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् मोरङ सुन्दरहरैंचाका एक व्यक्तिले । उनले अर्गानिक तरकारी खेती गरेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेशकुमार मेहता एक उद्यमी किसान हुन् । अहिले उनले वडा नम्बर ४ को बडहरामा १० बिगाहा जमिन भाडामा लिएर तरकारी खेति गरेका छन् । तरकारीसँगै कागती खेती तथा बाख्रापालनसमेत गरिरहेका छन् । उनलाई यो व्यवसायमा पूरै परिवारको सहयोग रहेको छ । ३ सन्तान र श्रीमती आफूसहित ५ जनाको परिवारको यही पेसामा आवद्ध छन । पुर्खाैली पेसा अँगाल्दै आएका मेहता अहिले व्यावसायिक रुपमा अर्गानिक तरकारी खेतितर्फ आकर्षित भएका छन् । उनको करेसाबारीमा रायो, लौका, फर्सी, घिरौला, भन्टालगायतका तरकारी अहिले लहलह देख्न पाइन्छ । आफ्नो व्यवसायको बारेमा मेहता यसरी बताउँछन् ।
अर्गानिक तरकारी भएकाले ब्यापारीदेखि स्थानीय सबै बारीमै आउने गरेका छन् । आफ्नो तरकारी फर्ममा इटहरीदेखि दमकका ब्यापारी बारीमै किन्न आउने उमेश मेहताकी श्रीमती बताउँछिन् । तरकारी खेतिबाट बार्षिक खर्च कटाएर ५ लाखभन्दा बढी आम्दानी हुने गरेको मेहताकी श्रीमतीको बताउँछिन । कृषि कर्मबाटै राम्रो लाभ लिन सके पनि लकडाउनले गर्दा ठूलो क्षति भएको तरकारी कृषक मेहता बताउँछन । उनको यो खेतीमा दैनिक ७ देखि १० जनाले समेत रोजगारी पाएका छन् । बजारमा रासायनिक मलबाट उत्पादन गरिएका तरकारीले गर्दा मानिस रोगी भैरहेको बेला गरिएको अर्गानिक तरकारी खेती स्थानीय उपभोक्तालाई समेत आकर्षित गरेको छ । अर्गानिक तरकारी पाउने भएकाले मेहताको फर्ममै आएर किन्ने गरेको स्थानीय गणेश ढकालको भनाइ छ । अर्गानिक तरकारी उत्पादन गर्ने मेहता जस्ता किसानलाई प्रोत्साहन र सहयोग गर्न स्थानीय सरकार कटिवद्ध रहेको सुन्दरहरैंचा नगरपालिका वाड नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउनुहुन्छ । स्थानीय तहले मेहता जस्तै मेहनती किसानलाई प्रोत्साहन गर्न सके गाउँगाउँमा स्वरोजगार हुने क्रम बढ्ने छ । जसले गर्दा एकातिर रोजगारी सिर्जना हुनेछ भने अर्कातिर विदेशबाट हुने आयात प्रतिस्थापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *