Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन

मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन

बेलबारी मोरङ १२ असोज
मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन भएको छ ।
बेलवारी नगरपालिकामा भएको भेलाले उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रदेश नं १ प्रदेश सरकारका महान्यायाधिवक्ता चुडामणि आचार्य संरक्षक र जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको संयोजकत्वमा संजालको गठन भएको हो । जिल्ला संजालमा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की उपाध्यक्ष एवम् जिल्लाका १७ वटा स्थानीय तहका उपप्रमुख सदस्य रहेका छन् । यसैगरी फोकल पर्सनको रुपमा उच्च अदालत मोरङका शाखा अधिकृत ओम सुवेदी र जिल्ला अदालत मोरङका शाखा अधिकृत युवराज पौडेल रहेका छन् । न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी बनाई न्यायसम्म आमजनताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले मोरङस्थित उच्च अदालत, जिल्ला अदालत, मुख्य न्यायधिवक्ताको कार्यालय, स्थानीय तहका न्यायिक समितिहरुबीच समन्वय, सहकार्य र सहयोगको वातावरण निर्माण गर्न आवश्यक भएकाले न्यायिक सन्जाल गठन गरिएको उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *