Saturday, January 18, 2025
Home > मुख्य समाचार > मोरङ ग्रामथानकी एक युवती शारीरिक अपाङ्गता भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गर्दै

मोरङ ग्रामथानकी एक युवती शारीरिक अपाङ्गता भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गर्दै

मोरङ २६ असोज
शारीरिक अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिको फरक छ । अर्थात अपाङ्गता भएका व्यक्तिहरुलाई बोझको रुपमा हेर्नेहरु पनि भेटिन्छन् समाजमा । तर, मोरङको ग्रामथान गाउँपालिकाकी एक युवती शारीरिक रुपमा अपाङ्ग भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गरिरहेकी छन् । मोरङ ग्रामथान गाउँपालिका वडा–७ धोबियारे गाउँकी सेवाबती भगत सानैदेखि गायन क्षेत्रमा रुचि राख्ने व्यक्ति हुन् । उनीसँग लाखौँ मानिसलाई मन्त्रमुग्ध पार्न सक्ने सुमधुर स्वर छ । सानैदेखि गायन क्षेत्रमा रुचि राख्ने सेवाबती भगत जन्मजात पोलियो रोग ग्रस्त छिन तर पनि उनले आफ्नो प्रतिभा भने मर्न दिएकि छैनन् । आमा बुवाको मृत्युपछि आफ्नो घरमै चटपटे बेचेर जीवन धान्दै आएकी छिन । जन्माजात पोलियो रोगबाट ग्रस्त भएकी उनलाई उपचार गर्न उनको बुवा अमाले लाखौं खर्च गरे तर सम्भव नै भएन । उनकी एक बहिनी र साथीहरुको सहारामा स्कुल जान भने छाडिनन् । उनले कक्षा १२ सम्मको अध्ययन गरिन् । तर बुबाको मृत्युपछि भने उनले विद्यालय गएर पढ्न पाईनन् । प्रतिभाकी धनी सेवावती विभिन्न कार्यक्रममा समेत भाग लिने गर्छिन् । उनले गीत गाएर विभिन्न पुरस्कारसमेत पाएकी छिन् । मोरङ र सुनसरीका विभिन्न स्थानमा गएर स्टेजमा प्रस्तुति दिएर आफ्नो प्रतिभा देखाएकी छिन् । सेवाबतीले यतिखेर गित गाउने अबसर नपाउँदा आफ्नो प्रतिभा आफैभित्र कुहिन्छ कि भन्ने डर छ । उनी अवसरको खोजिमा छिन । हाल घरमै चटपटे वेचेर गुजारी गरिरहेकी छिन् । घरको काममा दिदीको छोरीले सहयोग पुर्याउँदै आएकी छिन् । काम गरिदिने मान्छे नहुँदा कहिलेकही भोकै सुत्नु परेको पीडा पनि उनीसँग छ । अपाङ्गता भएका व्यक्तिहरुको सहयोगी संस्था सिबिआरले दिएको साइकलसमेत बिग्रिएर यताउत हिडडुल गर्नसमेत अप्ठ्यारो परिरहेको छ । तर, आर्थिक अबस्था अति कमजोर भएका आफूजस्ता अशक्त व्यक्तिको पुकार सुन्ने संस्था वा मानिसको पर्खाइमा छिन् । समाजले जतिसुकै लाल्छना लाए पनि, तिरस्कार गरे पनि त्यसलाई कुल्चिर अघि बढ्नुपर्ने शारीरिक अपाङ्गता भएका व्यक्तिको विवशता भएको स्थानीय युवा सुन्दाराम थन्दार बताउँछन् । विपन्न परिवारमा जन्मिएर पनि कलालाई मर्न नदिने ईच्छाशक्ति भएकी भगतको कलाले अवसर पाउने हो भने मात्र पनि त्यसले राम्रो आकार पाउने, अर्का स्थानीय युवा वीरेन्द्र चौधरीले भनाइ छ । उनलाई अवसर दिनुपर्ने र सहयोग गर्नुपर्ने चौधरी बताउँछन । सेवावती एक प्रतिभावन चेली हुन् । उनको प्रतिभालाई समाजले चिन्न सकेको छैन । अर्काे कुरा सेवावतीले प्रतिभालाई शारीरिक तथा आर्थिक कुनै कारणले पनि रोक्न सक्दैन भन्ने गतिलो उदाहरण दिन सकेकी छिन् । एक्लो र बेसाहरा जीवन बिताउने सेवावतीलाई सबैको माया र सहयोगको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *