Saturday, January 18, 2025
Home > आर्थिक समाचार > मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु

मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु

मोरङ २९भाद्र
मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु भएको छ । यो प्रबिधिमा पानीको ट्यांकमा ब्याक्टेरिया उत्पादन गरी सघन माछापालन गरिन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको विराटनगरस्थित माछा जोन परियोजना इकाई कार्यालय परिसरमा बायोफ्ल्क प्रबिधिबाट माछा पालनको परीक्षण सुरु गरिएको छ । परियोजनाले कार्यालय परिसरमै रहेको खाली ठाँउमा पानी ट्यांक निर्माण गरि यो प्रबिधिबाट माछा पालनको परीक्षण सुरु गरेको हो । मोरङका कतिपय किसानले यसअघिबाट नै यो प्रबिधिबाट ब्यवसायिकरुपमा माछा पालन शुरु गरिसके पनि सम्बन्धित कार्यालयले भर्खरै यसको परीक्षण सुरु गरेको छ । यो प्रबिधिमा ब्याक्टेरियाको झुण्ड उत्पादन गरि स–सानो ट्यांकमै धेरै माछा उत्पादन गर्न सकिन्छ । थोरै समयमा धेरै तथा बढी तौलको माछा उत्पादन गर्न सकिने भएकाले यो प्रबिधिको परीक्षण शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा जोन ईकाई कार्यालय विराटनगरका प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो । उहाँले पहिलो लटको माछा उत्पादन भएपछि मात्र वास्तविक नतिजा आधिकारीकरुपले भन्न सकिने समेत बताउनुभयो । घर छेउको करेसाबारीमा खाली रहेको सानो ठाँउमा समेत यो प्रबधिबाट ब्यवसायिकरुपमा माछा पालनगर्न सकिन्छ । चार बाई चारको ट्यांकमा एक हजार माछाका भुराहरु हुर्काउन सकिने यो प्रबिधिका जानकारहरु बताउँछन । चार महिना पछि नै हुर्काइएका माछाहरु बिक्रीकालागि तयार हुने उनिहरु बताउँछन । मोरङको कटहरी गाँउपालिका १ का किसान देवराज चौधरी घर पछाडि रहेको खाली जग्गामा दुईवटा ट्यांक निर्माण गरिरहनु भएको छ । उहाँ यसअघिबाटै ८ वटा पोखरीमा ब्यवसायिकरुपमै माछा पालन गर्दै आउनुभएको छ । नयाँ प्रबिधिबाट जानकार हुन समेत आफुले बायोफ्ल्कबाट माछा पालनको तयारी गरेको अगुवा किसान चौधरीले बताउनुभयो । यो प्रबिधिबाट माछा पालन शुरुगर्नु अघि प्राबिधिकसंग परामर्श लिनु भने आवश्यक रहेको उहाँले बताउनुभयो । माछाको भुरा हाल्नु अघि पानीमा ब्याक्टेरिया उत्पादन गर्नुपर्ने, चौबिसे घण्टा अक्सिजन प्रवाह गर्नुपर्ने र पानीको आवश्यक मापदण्डसमेत तयार गर्नुपर्ने भएकाले प्राबिधिक सल्लाह आवश्यक रहेको चौधरीको भनाइ छ । भारतसहितका मुलुकहरुमा बायोफ्ल्क प्रबिधिबाटै किसानहरुले सफल रुपले माछा पालन गरिरहेको थाहा पाएका किसानहरु यसतर्फ आर्कषित भएका हुन् । थोरै स्थानमा कम लगानीमैं स्वरोजगार हुन सकिने भएकाले यो प्रबिधि बिशेष गरि बेरोजगार युवाहरुका लागि फलदायी हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *