Saturday, January 18, 2025
Home > मुख्य समाचार > मोरङको लोहन्द्रा खोलाले ४ पालिकाका विभिन्न वडामा तिब्र कटान गरेपछि खोला किनारका बासिन्दा विस्थापित

मोरङको लोहन्द्रा खोलाले ४ पालिकाका विभिन्न वडामा तिब्र कटान गरेपछि खोला किनारका बासिन्दा विस्थापित

मोरङ १७ असोज

केही दिन अगाडिको अविरल वर्षाका कारण मोरङको लोहन्द्रा खोलाले विभिन्न ४ पालिकाका विभिन्न वडामा तीव्र कटान गरेपछि खोला किनारका वासिन्दा विस्थापित भएका छन । कटान नियन्त्रण तथा तटबन्ध निर्माणका रोकारवालाको ध्यान पुग्न नसक्दा स्थानीय अझै जोखिम मोलेरै बसोबास गरिरहेका छन । अविरल वर्षाका कारण लोहन्द्रा खोलाले मोरङको कटहरी गाउँपालिका वडा नःं ४, ६, ७ धनपालथान गाउँपालिका वडा नंः ५, जहदा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ग्रामथान गाउँपालिका वडा नम्बर ४ र ६ मा कटान गरेको छ । तर खोला कटानलाई नियन्त्रण गर्न अहिले सम्म कुनैपनि निकायबाट चासो नदेखाएका कारण पानी पर्दा अझै त्रसित हुनुपरेको ग्रामथान गाउँपालिका–४ मोतीपुरका स्थानीय तुलसीराम विश्वासले बताउनुभयो । उहाँले लोहन्द्रा खोला कटानका कारण खेतीयोग्य जमीन खोलामा परिणत हुँदै गएको गुनासो पनि व्यक्त गर्नुभयो । लोहन्द्रा खोला नियन्त्रणका लागि तत्काल सरकारले तटबन्धनको व्यवस्था मिलाउने हो भने ५ सय भन्दा बढी घरका मानिसहरुले आन्नदको सास फेर्ने स्थानीयले बताएका छन । सरकारी पक्षबाट लोहन्द्रा खोला कटान क्षेत्रको अनुगमन गरिए पनि अस्वाशन मात्र पाएकाले खोलाको कटानले उठिवास लगाउने अवस्था आएको स्थानीयले बताएका छन । बिरामी पर्दा एम्बुलेन्स समेत जान नसक्ने हुदा एक किलोमिटर सम्मको बाटोमा बिरामीलाई बोकेर पुर्याउनु पर्ने अवस्था रहेको स्थानीयले बताएका छन । विगत पाँच वर्ष अगाडि देखि लोहन्द्रा खोलामा तटबन्धका लागि जलप्रकोप उत्पन्न कार्यालय लगायत विभिन्न निकायहरुमा पटक पटक ध्यानाकषर्ण गराउँदै आएपनि सुनुवाई हुन नसकेको ग्रामथान गाउँपालिका वडा–४ का वडाध्यक्ष बैजु विश्वासले बताउनुभयो । उहाँले खोलामा तटबन्ध नभए खेतीयोग्य जमीन र वस्ती समेत विस्थापित हुने बताउनुभयो । वडाको बजेटले खोला तटबन्धन गर्न नसकिने भन्दै उहाँले प्रदेश सरकार र संघीय सरकारलाई तटबन्धका लागि आग्रह गर्ने बताउनुभयो । यसरी नै कटान हुदै जाने हो भने ५० हजार हेक्टर भन्दा बढी जमीन खोलामा परिणत हुने उहाँले बताउनुभयो । अबपनि लोहन्द्राको कटान रोक्न दीर्घकालीन योजनाका साथ प्रभावकारी काम नहुने हो भने खोला आसपासका खेतीयोग्य जमीन र वस्ती बगरमा परिणत हुने भन्दै स्थानीय चिन्तित छन । यसलाई रोक्न अब तीनै तहका सरकाले तत्काल ठोस योजना ल्याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *