मोरङ बेलबारी ८ असोज
मोरङको बेलबारी नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृतसहित २ जना वडाध्यक्ष होम क्वारेन्टाईनमा बसेका छन् । मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष तथा नगरका प्रबक्ता योगेन्द्र सुवेदी, वडा नम्बर १ का अध्यक्ष चक्र खुलाल होम क्वारेन्टाईनमा हुनुहुन्छ । मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीलाई कोरोना पुष्टि भएपछि एक कार्यक्रममा मोदीसँगै सहभागी भएका मेयरसहित, अधिकृत र वडाध्यक्षहरु होम क्वारेन्टाईनमा बस्नुभएको हो । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले स्वास्थ्य समस्या नदेखिए पनि उहाँहरु घरमै बसेको र कार्यालयको काम घरबाटै गरिरहेको जानकारी दिनुभयो । यसैबीच बेलबारीमा पछिल्लो समय ८ थपिएसँगै सक्रमितको सख्या ४६ पुगेको छ । सक्रमितमध्ये २७ जना निको भएर घर फर्केका छन भने २ जनाको मृत्य भइसकेको छ ।