Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही सुरु

मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही सुरु

बिराटनगर १२ असोज
मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही थालेको छ । तोकिएको मापदण्ड बिपरित यात्रु ओसारपसार गर्ने सवारी साधनलाई कार्वाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानएको छ । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दारका अनुसार हिजोदेखि विभिन्न स्थानमा चेकजाँच गरी कार्वाही सुरू गरिएको हो । सरकारले तोकेको मापदण्ड विपरित यात्रु बोक्ने सवारीलाई चेकजाँच गरी कावार्ही थालिएको पोद्दारले जानकारी दिनुभयो । पोद्दारले सार्वजनिक यातायातमा एक सीटमा एक जनामात्रै यात्रु राख्नुपर्ने, मास्क र सेनिटराईरको प्रयोग गर्नुपर्नेलगायतका सुरक्षाका मापदण्ड लागू गरिएको बताउनुभयो । उहाँले विराटनगरको वरगाछी, कञ्चनवारी, आयल निगम र वुढीगंगाको निमुवामा सावारीसाधनको चेकजाँच गरिएको बताउनुभयो । उहाँले सरकारले लागू गरेको मापदण्ड पालना भए नभएकोबारे ट्राफिक प्रहरीले कडाइकासाथ नियमित चेकजाँच गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *