Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मानव निर्मित यन्त्र (रोबोर्ट) इलाममा प्रदर्शन

मानव निर्मित यन्त्र (रोबोर्ट) इलाममा प्रदर्शन

इलाम २ हसोज
इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोर्ट) को प्रदर्शन गरिएको छ ।
इलामका ५ जना युवाहरुले निर्माण गरेको यन्त्रको हिजो एक कार्यक्रम बीच प्रदर्शन गरिएको हो । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरेको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराइरहेको अवस्थामा रोबर्टले नै औषधि पुर्याउन सहयोग गर्ने रोबर्ट आबिस्कार नबिन फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो । कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि रोबर्टको निर्माण गरिएको हो । रिमोर्ट कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रोबर्ट मार्फत प्राप्त हुने उहाँले बताउनुभयो । इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ, अभिनेश सुवेदीले सो रोबर्टको निर्माण गर्नुभएको हो । रोबर्टको सुरुवाती अवस्थामा नै भएकाले करिव १ लाख १० हजार खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *