Saturday, January 18, 2025
Home > मुख्य समाचार > महोत्तरीमा भएको बलात्कारको घटना आर्थीक प्रलोभन पारी महिलालाई मुद्दा फिर्ता लिन दबाव

महोत्तरीमा भएको बलात्कारको घटना आर्थीक प्रलोभन पारी महिलालाई मुद्दा फिर्ता लिन दबाव

महोत्तरी २६ असोज
महोत्तरीको भंगहा नगरपालिकामा वडासचिवबाट बलात्कृत भएकी महिलालाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन आउन थालेको छ । वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएपछि पीडितका आफन्तसँगै गाउँका अगुवाहरुबाट प्रलोभन आउन थालेको पीडितले बताएकी छन् । भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले बुधबार ती महिलालाई बलात्कारको प्रयास गरेका थिए । हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किँदै गर्दा बाटोमै रोकेर पोखरी नजिक लगि लछारपछार गर्दै जबरजस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ । पैसा लिएर मिलापत्र गर्न धेरैतिरबाट दबाब आएको पीडित महिलाको गुनासो छ ।यादव छुटेर आए परिवारै सिध्याउने धम्की आउने गरेको पीडित महिलाको भनाइ छ । धम्कीका कारण मानसिक तनाव भएको पीडित महिलाले बताइन् । यता महोत्तरीका प्रहरी उपरिक्षक टिकाबहादुर केसीले पिडितलाई धम्काएर मुद्दा फिर्ता गराउने कार्य गलत रहेको बताउँदै दोषिलाई कुनै पनि हालतमा नछाडिने बताउनुभयो । त्यसैगरि जिल्ला न्याधिवक्ता कृष्णप्रसाद पुडासैनीले जबजस्ती करण मुद्दामा ७ वर्षदेखि जन्मकैदसम्मको कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो । २०७७ असोज १५ गते जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले पिडितलाई प्रलोभनको समेत कुरा आफुलाई जानकारी आएको र यस विषयमा समेत अनुसनधानको थालिएको बताउनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *