Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > महामारकै बिच न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिएको  समिति संयोजक ढाकाकुमारी पराजुलीको भनाई

महामारकै बिच न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिएको  समिति संयोजक ढाकाकुमारी पराजुलीको भनाई

मोरङको बेलबारी २८ भाद्र

मोरङको बेलबारी नगरपालिकाले कोरोना महामारीको समयमा समेत न्याय सम्पादनको कार्यलाई निरन्तरता दिइरहेको छ ।
विवाद समाधान अर्थात मेलमिलापका क्रममा न्यायिक समिति संयोजक समेत रहनुभएकी उपमेयर ढाकाकुमारी पराजुलीले लकडाउनका समयमा पनि न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिइरहेको बताउनुभयो । न्यायिक समितिमा विशेष गरी घर झगडा, साँध सिमाना, श्रीमान श्रीमतीबीचको विवादलगायतका समस्या लिएर आउने गरेको उहाँले जानकारी दिनुभयो । लकडाउनको समयमा पनि सामाजिक दूरीलाई कायम राख्दै न्याय सम्पादन गरिरहेको उपमेयर पराजुलीको भनाइ छ । समितिकी उजुरी प्रशासक तारा भट्टराईका अनुसार मुद्दा धेरै आए पनि न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेका कारण थोरै विवाद प्रक्रियामा रहेका बाहेक अधिकांश विवादहरु किनारा लागिसकेका छन् । बेलबारी नगरपालिकाको न्यायिक समिति सुरुवातका दिनमा अर्थात समिति गठन हुनेबित्तिकै स्थानीय तहहरुमध्ये देशमै पहिलोपटक सम्बन्ध विच्छेदको सम्पूर्ण काम किनारा लगाएर स्थानीय सरकारबाट नै पहिलोपटक सम्बन्ध बिच्छेद गरेर चर्चामा रहेको थियो । हाल उक्त कानुन परिमार्जन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *