Saturday, January 18, 2025
Home > मुख्य समाचार > मकालु टेलिभिजनले समाचार प्रशारण गरेपछि विराटनगर अस्पतालमा राखिएको बालकको शव परिवारको जिम्मा

मकालु टेलिभिजनले समाचार प्रशारण गरेपछि विराटनगर अस्पतालमा राखिएको बालकको शव परिवारको जिम्मा

बिराटनगर ३० असोज

उपचार खर्च तिर्न नसकेका कारण ३ दिनसम्म विराट अस्पतालबाट शव बुझ्न नपाएका पीडित पक्षले मृतक २ बर्षिय बालकको शव बुझेर लगेका छन ।
सिराहको मानपुर घर भएका २ वर्षिय बालक सिद्धार्थ सदाका आफ्न्तले बुधबार राति शव बुझेर अन्तिम संस्कार गर्न घरतर्फ लिएर गएका हुन । उपचारको क्रममा बालक सिद्धार्थको सोमबार नै विराट अस्पतालमा मृत्यु भएपनि उपचारमा लागेको रकम तिर्न नसकेपछि परिवारजनले शव बुझ्न नपाएको समाचार बुधबार मकालु टेलिभिजनले प्रशारण गरेको थियो । समाचार प्रशारणपछि ऋषिदेव समुदायका विभिन्न तीनवटा संस्थाले अस्पतालमा तिर्नुपर्ने छुटसहितको ४० हजार रकममध्ये ३५ हजार तिरिदिएपछि मृतक परिवारले शव बुझेका हुन । सोमबार नै बालकको मृत्यु भएपनि शव बुझ्न नपाएका कारण मृतक परिवार थप पीडित भएका थिए । असोज १५ गते नै आन्द्राको समस्याको उपचार गर्न भनेर विराटनगर ल्याइएका बालकको उपचार खर्च तीन लाख बढी पुगेपछि विपन्न परिवारले तिर्न असक्षम भएका थिए । खर्च अभावमा विचल्लि भएका मृतकका परिवार एक औषधि पसलको सटरको भर्याङमा भोकभोकै बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *