Saturday, January 18, 2025
Home > मुख्य समाचार > भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न निकै चुनौती रहेको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न निकै चुनौती रहेको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

काठमाण्डौ ४ असोज
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसका अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको दावी छ । प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताउनुभयो । ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको बताउनुभयो । बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी नदिइएको बताउनभुयो । वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे बताउनुभयो । लकडाउनको अवधिमा पनि विकास निर्माणलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *