Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीका अपांगता भएका ब्यक्तिहरुलाई आर्थिक सहयोगका साथै स्वास्थ्यका सामाग्री प्रदान

भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीका अपांगता भएका ब्यक्तिहरुलाई आर्थिक सहयोगका साथै स्वास्थ्यका सामाग्री प्रदान

भोजपुर २७ असोज
भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीका अपांगता भएका ब्यक्तिहरुलाई आर्थिक सहयोगका साथै स्वास्थ्यका सामाग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाले अरुण गाउँपालिकामा संचालित समुदायमा आधारित बिपद जोखिम न्युनीकरण कार्यक्रम अन्र्तगत चरम्बीमा रहेका क र ख वर्गमा पर्ने २४ जना अपांगता भएकाहरुलाई आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । गाउँपालिका भित्रका ३ सय ८ जना अपांगता भएका व्यक्तिहरु मध्ये पहिलो चरणमा पालिका भित्रका क र ख वर्गका १ सय १३ जनालाई सहयोग गरिने नेपाल रेडक्रस सोसाईटी भोजपुरले जनाएको छ । छनौटमा परेका क बर्गका अपांगलाई १० हजार, ख बर्गलाई ७ हजार र स्वास्थ्यका सामाग्री अन्तर्गत बिभिन्न १५ वटा स्वास्थ्यका सामाग्रीहरु पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *