Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै

भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै

एजेन्सी २६ भाद्र
भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ ।
भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो । भारतमा कोरोना भाइरस संक्रमित संख्या ९७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्यामा यो नयाँ रेकर्ड कायम भएको भारतीय सञ्चार संस्थाहरुले जनाएका छन् । भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको भन्दै समाचारहरुमा यो संख्या महामारी शुरू भएयता एकैदिन भेटिएको उच्च भएको उल्लेख छ । भारतमा कोरोनाको कूल संक्रमितको संख्या करिब ४५ लाख पुग्दा पछिल्लो यसैका कारण २४ घण्टामा ११ सय ५२ जनाको मृत्यु भएको जनाइएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण हुने मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा भारत विश्वमा तेश्रो स्थानमा छ भने पहिलो अमेरिका र दोस्रो ब्राजिल हो । विश्वभर भने कोरोना संक्रमणका कारण हालसम्म ९ लाख १३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ८३ लाख १६ हजार नाघदा निको हुनेको संख्या पनि २ करोड नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *