Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष गान्धी र महासचिव सहित झन्डै २०० जनाविरुद्ध मुद्दा दायर

भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष गान्धी र महासचिव सहित झन्डै २०० जनाविरुद्ध मुद्दा दायर

एजेन्सी १७ असोज
भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता उल्लंघन गरेको आरोप लगाउँदै उहाँहरुकाविरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु २०० जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ । यसअघि, संहिता उल्लंघन गरेकै आरोपमा उहाँहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई गिरफ्तार गरिएको हो । बलात्कारपीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो । गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उहाँहरुको सवारी–साधनलाई प्रहरीले रोकेपछि उहाँहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो । नेता गान्धीले आफूलाई प्रहरीले जबर्जस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाउनुभएको छ । उहाँले आफ्ना सवारी–साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *