Saturday, January 18, 2025
Home > Uncategorized > भारतमा लगातार चौथो दिन ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिए

भारतमा लगातार चौथो दिन ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिए

एजेन्सी २९ भाद्र
भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड–१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार तीनसय बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ४५ हजार तीन पुगेको छ । त्यस्तै संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या ७९ हजार सातसय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एकहजार १४० जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा ३७ लाख ७७ हजार ४४ जना संक्रमित निको भइसकेका छन् । यस्तै निको हुन बाँकी संक्रमितको संख्या नौ लाख ८८ हजार २०५ छ । भारत अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६७ लाख ८ हजारभन्दा धेरै छ । मृत्यु हुनेको संख्यामा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म एकलाख ९८ हजार पाँचसय २० जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा एकलाख ३१ हजार ६६३ जनाको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितको संख्या दुई करोड ९१ लाख ८२ हजार ६ सय पुग्दा दुई करोड १० लाख २७ हजार बढी मानिस निको भएका छन् भने नौलाख २८ हजार दुईसय ८१ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *